मंगलबार, वैशाख १६, २०८२

मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं– मिटरब्याजका कारण बेघर हुने अवस्थामा पुगेका तराई मधेसका मिटरब्याज पीडितहरू आन्दोलनका लागि पैदल यात्रा गरेरै संघीय राजधानी काठमाडौं आइपुगेका  आइपुगेका छन्।

महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर उनीहरू ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्। मिटरब्याजपीडित महिला, पुरुषले २ चैतमा महोत्तरीको बर्दिवासबाट पैदल यात्रा थालेका थिए गरेका थिए। सरकारलाई दबाब दिन काठमाडौं आएकामध्ये कतिपय महिलाले काखमा बच्च च्यापेर पैदल यात्रा समापन गरेका छन्।

मिटरब्याजविरुद्धको संघर्ष समितिको अगुवाइमा काठमाडौं आएका उनीहरूले सुदखोरलाई पक्राउ गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, मिटरब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने, पीडितको सम्पति फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् । 

बर्दिबासबाट सुरु भएको मिटरब्याज पीडित पैदल–यात्रा सर्लाहीको लालबन्दी, रौतहटको चन्द्रनिगाहपुर, बाराको पथलैया, मकवानपुरको हेटौंडा हुँदै काठमाडौं आइपुगेको हो । 

पैदलयात्रामा सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाका करिब ७० जना मिटरब्याज पीडित सहभागी छन् । लामो समयदेखि सम्बन्धित जिल्लामै मिटरब्याजीविरुद्ध आवाज उठाएर आन्दोलन गरिरहे पनि सरकारले नसुनेपछि अन्तिम संघर्षका लागि काठमाडौं आइपुगेको पीडितहरू बताउँछन्। 

Metro Mart
worldlink

प्रकाशित: Mar 26, 2023| 15:12 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।