सोमबार, वैशाख २९, २०८२

सरकारलाई राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको रुलिङ

राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि कुनै पनि मन्त्री नआएपछि सभाध्यक्ष तिमिल्सिनाले सरकारलाई रुलिङ गरेका हुन्।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुनुअगावै मन्त्रीहरूलाई सदनमा उपस्थितिका लागि सरकारका नाममा रुलिङ गरेका छन्।

आइतबार बस्ने तालिका रहेको राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि कुनै पनि मन्त्री नआएपछि सभाध्यक्ष तिमिल्सिनाले सरकारलाई रुलिङ गरेका हुन्।

अध्यक्ष तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै मन्त्रीहरू सदनमा अनिवार्य उपस्थित हुनुपर्नेमा त्यसो नभएकाले रुलिङ गर्नुपरेको बताए।

राष्ट्रिय सभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि आधा घन्टा ढिलो गरी सुरु भएको थियो।

प्रकाशित: Mar 26, 2023| 14:49 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्