रोलिङफोर्क- देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन्। खोज तथा उद्धार प्रयास जारी छ भने राज्य सरकारले आपत्काल घोषणा गरेको छ।
आँधीबाट रोलिङफार्क अति प्रभावित भएको छ। कुच्चिएका मोटरकार, इँटा र शिशाले सडक हेरिनसक्नु छ भने पुरै शहर प्रायः भग्नावशेषमा परिणत भएको छ। यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन्।
पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ। सबैतिर तहस–नहस। वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ। वोटविरुवा सोत्तर भएका छन्।
घरहरू भत्केका छन्, तिनका भग्नावशेष यत्रतत्र फैलिएका छन्। दुई सय ६५ देखि तीन सय २० किलोमिटरको बेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले केही राखेको छैन– सबैतिर विनाशै विनाश, क्षति नै क्षति। अकल्पनीय क्षति। -एपी