मंगलबार, वैशाख ३०, २०८२

नवनियुक्त आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

कुँवरलाई आइतबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
 |  आइतबार, चैत १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १२, २०७९

काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन्।कुँवरलाई आइतबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो।
कार्यक्रममा नवनियुक्त आईजीपी कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताए।

प्रहरी संगठनमा सुधार आवश्यक रहेकाले आन्तरिक सुदृढीकरणमा विशेष ध्यान दिइने उनको भनाइ छ। आफूले निष्पक्ष काम गर्ने र कानुन कार्यान्वयनमा नडगमगाउने प्रतिबद्धता उनले जनाए।

मुलुकभर शान्ति–सुरक्षा कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय गरेर अघि बढ्ने योजना रहेको उनले बताए। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को फुली लगाएको पाँचौं दिनमा कुँवरले आईजीपीको फुली लगाएका हुन्। 

६ चैतमा मन्त्रिपरिषद्ले कुँवरसहित ५ जना अधिकृतलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । १० चैतमा कुँवरलाई मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरेको थियो।

Metro Mart
worldlink

प्रकाशित: Mar 26, 2023| 11:44 आइतबार, चैत १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्