बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गिर्दो अर्थतन्त्रलाई लिएर उद्योग, व्यवसायीसँग निरन्तर छलफलमा छौं : मन्त्री नारायणकाजी 

गिर्दो अर्थतन्त्रलाई लिएर उद्योग, व्यवसायीसँग निरन्तर छलफलमा छौं : मन्त्री नारायणकाजी 

मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले समाधानका लागि  सम्बन्धित पक्षसँग परामर्श गरी प्रभावकारी कदम चालिने मन्त्री श्रेष्ठको धारणा।
 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं– उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। शनिबार ललितपुर चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा सहभागी मन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन्।

मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच कुरो नमिलिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रिपरिषद् विस्तारबारे उक्त धारणा व्यक्त गरेका हुन्।

मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग परामर्श गरी प्रभावकारी कदम चाल्ने मन्त्री श्रेष्ठको भनाइ छ।

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीसँग निरन्तर संवादमा रहिरहेको छ। मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन। तर त्यसलाई जसरी पनि समाधान गर्नुपर्छ।’

एक–दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउनासाथ अर्थतन्त्रबारे सम्बन्धित सबै संस्था, निकाय र व्यक्तिसँग छलफल गरेर प्रभावकारी कदम चालिने उनले बताए।

Metro Mart
worldlink

प्रकाशित: Mar 25, 2023| 14:05 शनिबार, चैत ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्