मंगलबार, वैशाख ३०, २०८२

दुई ट्रक एकापसमा ठोकिंदा धनुषामा तीन जनाको ज्यान गयो

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

Metro Mart
worldlink

जनकपुरधाम- धनुषामा दुई ट्रक एकापसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ। शनिबार बिहान मिथिला नगरपालिका-३ हरिहरपुरमा ट्रक ठोकिंदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १- ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको उपचार ढल्केवर अस्पतालमा भइरहेको छ।

प्रकाशित: Mar 25, 2023| 11:42 शनिबार, चैत ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्