मंगलबार, वैशाख ३०, २०८२

दिउँसोको समयमा चोरी गर्दै हिंड्ने दुईजना पक्राउ

 |  शनिबार, चैत ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

काठमाडौं- काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा दिउसोको समयमा चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

गत फागुनमा धापासी हाइट स्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका विभिन्न गरगहना तथा नगद गरी झन्डै ८ लाख मूल्य बराबरको धनमाल चोरी भएको भनी निवेदन प्राप्त भएपछि टोखा प्रहरीले गरेको अनुसन्धानको क्रममा चोरीको आरोपमा दुई जना पक्राउ परेका हुन्। 

चोरीमा मण्डिखाटार स्थित गेस्ट हाउसमा बस्ने अर्जुन परियार र रोशन गौतमको संलग्नता रहेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ। 

उनीहरुले चोरीको समान गोंगबु नयाँ बसपार्क स्थित पञ्चकन्या ज्वेलर्समा  बिक्री गरेको बयान दिएकोले उक्त पसलका सञ्चालक तुल बहादुर विश्वकर्मालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: Mar 25, 2023| 07:56 शनिबार, चैत ११, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्