मंगलबार, वैशाख ३०, २०८२

नारी श्रष्टामय बन्यो धनगढी

 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

धनगढी- भाषा, साहित्य र संस्कृति संरक्षण, सम्वर्द्धनका लागि धनगढीमा तीनदिने विश्व नेपाली नारी साहित्य सम्मेलन सुरु भएको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शुक्रबारदेखि सम्मेलन सुरु भएको हो। एक समारोहबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मेलन उद्घाटन गरेका छन्।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, भुटान, बर्मा लगायतका देशका साहित्यकार सहभागी छन्। उद्घाटन समारोहमा सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने प्रख्यात सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ। छलीया नाच, रानाथारु, डंगौरा थारुका सांस्कृतिक प्रस्तुति, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटीबाट आएका कलाकारहरुले स्थानीय सांस्कृतिक प्रस्तुति गरेका थिए।

देशभित्र र बाहिरबाट महिला साहित्यकारहरूको आगमन भइरहेसँगै धनगढी नारी श्रष्टामय बनेको हो। समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले साहित्यले समाजका थुप्रै समस्यालाई उजागर गर्दै समाधानतर्फ डोर्‍याइरहेको बताए। 

सुदूरपश्चिमाञ्चल साहित्य समाजले साहित्य कार्यक्रमहरुका माध्यबाट सुदूरपश्चिमसहित विश्व नेपाली समाजलाई जोडन खोजेको उनले बताए। ‘हाम्रो कला सांकृति, पहिचान, प्राकृतिक स्रोत र साधनको उपयोगमा साहित्यको ठूलो भूमिका छ,’ उनले भने। उनले प्रदेश सरकार सुदूरपश्चिम साहित्य समाजसंग सहकार्य गरेर जान तयार रहेकोसमेत उनले बताए।

Metro Mart
worldlink

साहित्य क्षेत्रले यहाँको कला संस्कृतिलाई थप वृहत बनाउन मद्दत पुग्ने भन्दै उनले ‘साहित्य क्षेत्रसँग म जोडिएको छु र निरन्तर तपाईहरुसंग जोडिएर अगाडि बढन चाहन्छु।’ धनगढीमा शुक्रबारदेखि सुरु भएको महोत्सव सोमबारसम्म चल्नेछ।

प्रकाशित: Mar 24, 2023| 20:25 शुक्रबार, चैत १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्