काठमाडौं– नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहितका ९ उच्च प्रहरी अधिकृत शनिबारदेखि अवकाशमा जाने भएका छन्।
शुक्रबार अवकाशमा जान लागेका आईजीपी सिंहसहितका उच्च प्रहरी अधिकृतलाई प्रहरी मुख्यालय नक्सालमा मध्याह्न ४ बजे बिदाइ गरिन लागेको हो।
आईजीपी सिंहसहित उनको ब्याचका ९ प्रहरी उच्च अधिकारी अवकाशमा जानेछन्। अवकाश हुनेमा ३ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ डीआईजी र दुई एसएसपी छन्।
अवकाश हुनेमा एआईजीत्रय सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी रहेका छन्। यस्तै, डीआईजीत्रय नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदै छन्।
११ चैत २०४९ मा प्रहरीको जागिर थालेका वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि सेवानिवृत्त भएका छन्।