आइतबार, साउन ५, २०८२

मनाङबाट ५२ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

मनाङ- शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। 
मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभागी हुने उनले बताए। “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र यहाँबाट विभिन्न विपद्का कारण विद्यार्थी घटेपछि अझ कम भए”, चपाईंले भन्नुभयो। जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनले बताए। 
उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। खुलातर्फबाट छ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका उनले बताए। 
लोकप्रियबाट छ खुलासहित गरी १७ छात्रा र सात छात्रले परीक्षा दिनेछन्। प्रकाशज्योतिबाट नौ छात्रा र आठ छात्र तथा अन्नपूर्णबाट तीन छात्रा र दुई छात्र परीक्षामा सहभागी हुनेछन्। लोकप्रिय र प्रकाशज्योतिका एक/एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्न अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। 

ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ। त्यस्तै ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ।

प्रकाशित: Mar 23, 2023| 21:14 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्