बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ब्याजदरको समस्या सम्बोधन गर्न छलफल भइरहेको छ: मन्त्री श्रेष्ठ

ब्याजदरको समस्या सम्बोधन गर्न छलफल भइरहेको छ: मन्त्री श्रेष्ठ

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले बैंकको बढ्दो ब्याजदरका बारेमा सरकारले अनौपचारिक छलफल गरेर समाधान खोजिरहेको बताएका छन्। बिहीबार नेपाल-इटाली उद्योग वाणिज्य संघको ९औं वार्षिक साधारणसभामा उनले सो कुरा बताएका हुन्। 

पछिल्ला दिनमा व्यवसायीहरुले ब्याजदरका कारण अप्ठेरोमा परिरहेको र आत्महत्या गर्नुपर्ने अवस्था आएको बताइरहेका छन्। सो कार्यक्रममा पनि व्यवसायीले महँगो ब्याजको प्रसंग उठाएका थिए। कार्यक्रमको प्रमुख अतिथि रहेका श्रेष्ठले व्यवसायीले उठाएका समस्याका बारेमा सम्बोधन गर्दै ब्याजदर घटाउने सन्दर्भमा सरकारले अनौपचारिक छलफल गरिरहेको जानकारी दिए।

उनले अर्थतन्त्रको सुधारका लागि सरकारले सक्दो पहल गरिरहेको र त्यसको नतिजा केही दिनमै देखिने दाबी गरे। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले उच्च ब्याजदरका कारण व्यवसाय गर्न नसकिने अवस्था आएको बताएका थिए।


 

प्रकाशित: Mar 23, 2023| 17:52 बिहीबार, चैत ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्