मंगलबार, वैशाख ३०, २०८२

राष्ट्रपति पौडेलले गराए नियमित स्वास्थ्य परीक्षण

राष्ट्रपति पौडेलले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन्।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन्।

बिहीबार राष्ट्रपति पौडेलले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले बताएका हुन्।

उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो। उनले भने, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो। विभिन्न परीक्षण भएको छ।’

राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन्। प्रा. डा. सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गरेका थिए।

प्रकाशित: Mar 23, 2023| 17:13 बिहीबार, चैत ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्