काठमाडौं– धुम्बाराहीस्थित चप्पल कारखाना चोकमा सात वटा सवारीसाधन एकआपसमा ठोक्किएपछि आठ घाइते भएका छन्।
बिहीबार दिउँसो मार्बल बोकेको गाडी, एउटा कार, एउटा हाइस र चार वटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
घाइतेमध्ये सातको ह्याम्स अस्पताल र एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले बताएको छ।