बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • संयुक्त बजार अनुगमन गर्न प्रधानमन्त्री प्रचण्डले दिए निर्देशन

संयुक्त बजार अनुगमन गर्न प्रधानमन्त्री प्रचण्डले दिए निर्देशन

आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रुपमा काम गर्न सके अवैध आयात र बजार अनुगमन विश्वासिलो हुने प्रधानमन्त्री प्रचण्डको धारणा।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन्। संयुक्त रुपमा बजार अनुगमन गर्दा प्रभावकारी नतिजा निस्कने उनको भनाइ छ।

बिहीबार सिंहदरबारमा आयोजित जुत्ता–चप्पल व्यवसायी सहभागी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। 
उनले भने, ‘राजस्व छली नियन्त्रणसम्बन्धी सबै व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्छ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त काम थाल्नुस्।’

अवैध आयात नियन्त्रण गर्न पनि सरकारी निकायले सक्रियता बढाउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ। ‘अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुपर्छ। कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरवलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्,’ प्रधानमन्त्रीले भने।

छलफलमा अर्थसचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, व्यवसायीलगायत सहभागी थिए।

प्रकाशित: Mar 23, 2023| 16:27 बिहीबार, चैत ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्