बिहीबार, वैशाख १८, २०८२

नेपाल आउँदै सामसङ ग्यालेक्सी ए३४ र ए५४ फाइभजी

 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी फोन नेपाल ल्याउने भएको छ। विश्वव्यापी रुपमा बिक्री सुरु भइसकेका यी फोनहरु कम्पनीले नेपालमा पनि ल्याउने भएको हो। 

यी फोनमा तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्ता मुख्य विशेषताहरु छन्। कम्पनीका अनुसार दुवै स्मार्टफोन तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन्। ग्यालेक्सी ए३४ फाइभजी ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ। ग्यालेक्सी ए५४ फाइभजीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी छ। 

दुवै फोनहरुमा ८ एमपीको अल्टा वाइड एंगल लेन्स जडित छ। यी लेन्सबाट माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो/भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउन सकिन्छ।

दुवै ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीलाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएका छन्। यसमा पानी र धूलो प्रतिरोधक आईपी६७ र कर्निङ गोरिल्ला ग्लास ५ सुरक्षण छ भने सामसङको सिग्नेचर नक्स सेक्युरिटी उपलब्ध छ। 

कम्पनीका अनुसार ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ। 
 

Metro Mart
worldlink

प्रकाशित: Mar 23, 2023| 15:15 बिहीबार, चैत ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्