मंगलबार, वैशाख ३०, २०८२

ब्राउनसुगरसहित दैलेखबाट एक युवा पक्राउ

दैलेखमा ब्राउनसुगरसहित एक युवा पक्राउ परेका छन्।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

Metro Mart
worldlink

दैलेख- दैलेखमा ब्राउनसुगरसहित एक युवा पक्राउ परेका छन्। दैलेखको नारायण नगरपालिका– ८ तर्ताङ बस्ने २५ वर्षीय दीपक थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। 

प्रहरीले गोप्य सूचनाको आधारमा नारायण नगरपालिका– १ नयाँबजार देवकोटा चोकबाट उनलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले चेकजाँच  गर्दा उनले लगाएको जिन्स पाइन्टको पछाडिको बायाँ पकेटमा रातो प्लास्टिकमा कालो धागोले बाँधेको अवस्थामा लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिकसहित ४४० एम.जी. र प्लास्टिकबाहेक ३५० एम.जी.सोही पाइन्टको दायाँ पकेटमा फेला पारेको प्रहरी निरीक्षक दीपकसिंह विष्टले जानकारी दिए। पक्राउ परेका थापाविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Mar 23, 2023| 12:04 बिहीबार, चैत ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्