सोमबार, साउन ६, २०८२

सिनामंगलमा भ्यानको ठक्करबाट पैदलयात्री घाइते

काठमाडौंको सिनामंगलस्थित तिलगंगामा भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

काठमाडौं- काठमाडौंको सिनामंगलस्थित तिलगंगामा भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्।

घाइते भएका अन्दाजी ५५ वर्षीय पुरुषको सिनामगंलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

कोटेश्वरबाट गौशालातर्फ आउँदै गरेको बा १७ च ५०६ नम्बरको दूध ढुवानी गर्ने भ्यानले आज बिहान पौने ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो। भ्यानसहित चालकलाई प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 23, 2023| 09:58 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्