बुधबार, जेठ १, २०८२

हिउँपहिरोमा फसेका दुई जनाको उद्धार

उत्तरी गोर्खाको हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार गरिएको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

Metro Mart
worldlink

नवलपरासी पूर्व- उत्तरी गोर्खाको हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार गरिएको छ। गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जान हिँडेका पूर्वी नवलपरासी दलदलेका दुई जनाको सकुशल उद्धार गरिएको हो।

सौरभ खनाल र उनकी साथी अनिता बुधबार साँझदेखि हिउँपहिरोमा फसेका थिए। बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उनीहरूलाई चुमनुब्री गाउँपालिकाको धर्मशालाबाट उद्धार गरेको हो। 

उनीहरूलाई ५ सय मिटर तलसम्म बोकेर ल्याइने र त्यहाँबाट हेलिकप्टरबाट उद्धार गरिने गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। 

प्रकाशित: Mar 23, 2023| 08:30 बिहीबार, चैत ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्