बुधबार, जेठ १, २०८२

कैलालीमा तेस्रो गौरीगंगा गोल्डकप चैत २१ गतेदेखि हुने

कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप २०७९ हुने भएको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप २०७९ हुने भएको छ। ‘खेलौ फूटबल रमेर, फूटबलको संदेश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबर्द्धन, नगर क्षेत्रलाई खेलकूदको चहलपहल बढाउने, ब्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिन लागेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। प्रतियोगितामा १० टिमको सहभागिता रहने जनाइएको छ।

प्रतियोगिताको विजेतालाई ट्रफि सहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: Mar 23, 2023| 08:20 बिहीबार, चैत ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्