सोमबार, साउन ६, २०८२

अर्जेन्टिनामा ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।
 |  बिहीबार, चैत ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ९, २०७९

एजेन्सी- अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार अर्जेन्टिनाको सान एन्टोनियो डे लोस कोब्रेसमा ६.५ म्याग्निच्युडको भूकम्प गएको हो। 

सान एन्टोनियो डे लोस कोब्रेसबाट ८४ किलोमिटर उत्तरपश्चिममा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ।

यसबाहेक चिलीको इक्विकमा पनि ६.३ म्याग्निच्युडको भूकम्प गएको छ। इक्विकमा बुधबार ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) ले जनाएको छ। 

भूकम्पको केन्द्रविन्दु चिलीबाट ५१९ किलोमिटर दक्षिणपूर्वमा रहेको थियो। भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन।

प्रकाशित: Mar 23, 2023| 07:45 बिहीबार, चैत ९, २०७९
प्रतिक्रिया दिनुहोस्