काठमाडौं- नेपालको अनलाइन इ–कमर्स प्लेटफर्म दराज नेपालले यस वर्षको 'दराज सेलर समीट' आइतबार आयोजना गरेको छ।
कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै विक्रेताहरूलाई उनिहरुको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो। त्यसैगरी, यस इभेन्ट दराजको एक अवार्ड तथा बिक्रेताहरूसँग अभिवादन प्रकट गर्ने समारोह पनि थियो।
कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरुले विभिन्न मन्तब्यहरु समाबेश गरेका थिए। मधुकुमार मरासिनी (सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय), दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, शेखर गोल्छा (एफएनसिसिआइका अध्यक्ष) र साथमा दीपकराज जोशी, रामचन्द्र तिवारी, प्रवीण रुक्षन, होमनाथ भट्टराई, भेषबहादुर कुँवर, लक्ष्मण हुमागाई, शंकरसिंह धामी, सुदेश उपाध्याय, गोविन्द घिमिरे र सुनिता कायस्थ विशेष अतिथिका रुपमा यस इभेन्टमा उपस्थित भएका थिए।
समारोहमा सचिव मरासिनीले नेपालको इ-कमर्स उद्योग र यसको आगामी सम्भावनाहरुका विषयमा धारणा राखे। त्यसैगरी दराज नेपालकी प्रबन्ध निर्देशक कुँवरले उपस्थित ब्यक्तित्वहरुलाई सम्बोधन गर्दै कम्पनीले गत वर्षमा गरेका उपलब्धि, भावी वर्षका लागि दृष्टिकोण र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थान गर्न कम्पनीको प्रयासलाई हाइलाइट गरेकी थिइन्।
कार्यक्रममा एफएनसिसिआइका अध्यक्ष गोल्छाले नेपालको इकमर्स र डिजिटल अर्थतन्त्र, यसका फाइदा र बेफाइदाका साथै नेपालको ई–कमर्स उद्योगको लागि आगामी दशक कस्तो रहने छ भन्ने बारेमा आफ्ना विचार र दृष्टिकोणहरु साझा गरेका थिए। त्यस्तै दराजका प्रमुख कार्यकारी अधिकृत बिमल अर्यालले विगत केही वर्षमा दराजले सञ्चालनको दृष्टिकोणबाट गरेका सुधारहरुका विषयमा धारणा राखे। कार्यक्रमको समापनमा एक अवार्ड समारोह राखिएको थियो। जहाँ गत वर्षका उत्कृष्ट बिक्रेताहरुलाई विशेष ट्रफी तथा १० हजार रूपैयाँ बराबरको दराज भाउचर प्रदान गरिएको थियो।