काठमाडौं- स्किल विकको चौथो संस्करण सम्पन्न भएको छ। आइतबार द सोल्टी होटेलमा आयोजित कार्यक्रम उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र सय बढीको उपस्थितिमा सम्पन्न गरिएको हो।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राना मगर प्रमुख अतिथि थिए। स्किल विक एक हप्ते कार्यक्रम हो। स्किल विक कार्यक्रम १३ मार्चदेखि १९ मार्चसम्म सन्चालन भएको थियो। यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रविधि थिए।
यसैबीच यिनै चार विधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२३ उपाधिबाट सम्मानित गरेको थियो। पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि लण्डनस्थित नेपाली शेफ सन्तोष शाह आतिथ्य क्षेत्रमा प्रभावशाली व्यक्तित्व भएकाले स्किल हिरोको रूपमा सम्मानित भएका छन्।
त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि सीमा गोल्छा लाई सम्मान गरिएको थियो। उनले युवा पुस्ताका लागि भेन्ट्रिलोक्विज्मको कार्य प्रदर्शनमा निर्दोष विचार र दृष्टिकोणहरू स्थापित गर्ने क्षमतामा महारत हासिल गरेकी छिन्। उद्यमशीलता विधामा प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यलाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको थियो।
विज्ञान तथा प्रविधि विधाका लागि नेपालकी एकल महिला उद्धार हेलिकप्टर पाइलट प्रिया अधिकारीले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर पर्वतारोहीको उद्धार गरेबापत सम्मान गरिएको हो।