काठमाडौं- लियो जिल्ला परिषद् ३२५ आर नेपालको प्रथम जिल्ला वार्षिक सम्मेलन यही चैत्र २५ गते आनन्द इभेन्टस एण्ड मिटिङ्गसमा हुने भएको छ।
लियो जिल्ला परिषद् ३२५ आर, एरिया १ को अतिथ्यतामा हुन गइरहेको वार्षिक सम्मेलनमा लायन वर्ष २०२३/२४ को लागि अध्यक्ष तथा उपाध्यक्षको चयन हुने कार्यक्रम संयोजक लियो दिपेश तिखत्रीले बताए।
साथै, उक्त दिन लियो जिल्ला परिषद् ३२५ आर नेपालको तेस्रो काउन्सिल बैठक पनि हुने आयोजकले जानकारी दिएको छ। काउन्सिल बैठकमा जिल्ला परिषद् ३२५ आर नेपालको सम्पूर्ण क्लब अध्यक्षसँग विभिन्न प्रस्तावमाथि छलफल गरिने जिल्ला परिषद्का सचिव विज्ञान पौडेलले बताए।
प्रथम वार्षिक सम्मेलनमा काठमाडौं उपत्यकालगायत चितवन, नवलपरासी, तनहुँ जिल्लाका गरी करिव तीन सय युवाको सहभागीता रहने बताइएको छ।