बुधबार, जेठ १, २०८२

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन्।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-११ फ्रुटी कारखानास्थित सडकमा रोकी रहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३-०२-०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किएर गएराति दुर्घटना हुँदा स्कुटर चालक बाग्लुङ जैनिनी नगरपालिका-६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

ललितपुरको ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थानमा ना.१ क ९९८१ नम्बरको टिपरको ठक्करबाट सोही महानगरपालिका-२० पुर्णचण्डि बस्ने रामेछाप घर भएका ६१ वर्षीय मान बहादुर थापामगरको मंगलबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका-५ धनगढवामा हाल नम्बर नखुलेको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ४७ वर्षीया मोतिरानी कोहारको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

झापाको कमल गाउँपालिका-४ सितापुरी स्थित सडकमा हाल नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट सोही गाउँपालिका-५ बस्ने ४० वर्षीय चन्द्र बहादुर राईको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

Metro Mart
worldlink

यस्तै मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित सडकमा भे.१ ख २७५४ नम्बरको बसको ठक्करबाट तनहु रिसिङ गाउँपालका-८ चारघरी घर भई हाल नवलपरासी(पुर्व) गैडाकोट नगरपालिका-४ बस्ने ७६ वर्षीया खिलमाया श्रेष्ठको मंगलबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जोमसोम हुँदै जिल्ला सरकारी अस्पताल बेनी म्याग्दीमा थप उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 22, 2023| 12:09 बुधबार, चैत ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्