बुधबार, जेठ १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • विराट गोल्डकपको सातौं संस्करण चैत ९ देखि, विजेताले २० लाख पाउने 

विराट गोल्डकपको सातौं संस्करण चैत ९ देखि, विजेताले २० लाख पाउने 

आगामी चैत ९ गतेदेखि विराटनगरमा हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।  
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

विराटनगर- आगामी चैत ९ गतेदेखि विराटनगरमा हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।  

आगामी चैत १६ गते सम्म स्थानीय शहिद रंगशालामा हुनेमा रात्रीकालिन प्रतियोगिताका लागि  मैदान मर्मत तथा प्याराफिट लगायतका कामहरु सम्पन्न भएको हो। 

प्रतियोगितामा नेपालका ए डिभिजन क्लवसहित भारत र भुटानको टिमको सहभागिता रहने विराट गोल्डकप आयोजक समितिका सहसंयोजक शुभाषिश कोइरालाले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा तीन विभागिय टिमहरु एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव, संकटा, जावालाखेल र आयोजक विराटनगर सिटी फुटवल क्लव, भारत केरलाको लुका सकर, भुटानको ड्रुक लयुल फुटवल क्लवले प्रतिष्पर्धा गर्ने छन्। 

प्रतियोगितामा दिल्ली एफसी नआउने भएको छ। विराटनगरमा पछिल्लो दिनमा भइरहेका आन्दोलनका कारण असुरक्षा देखाएर दिल्ली टिम नआउने भएको सहसंयोजक कोइरालाले जानकारी दिए। 

दिल्ली नआउने भएपछि भुटानको टिम आउने भएको उनको भनाई छ। प्रतियोगिताका विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ। गत संस्करणको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेका थिए।  

Metro Mart
worldlink

प्रतियोगिताको क्वाटरफाईनल चरणका खेलका लागि दुई सय र सेमीफाईनल र फाईनलका लागि खल्ति एपबाट ४ सय र रंगशालामा टिकट लिँदा ५ सय निर्धारण गरिएको बताइएको छ। चैत ९ गतेको उद्घाटन खेल आयोजक विराटनगर सिटी फुटवल क्लव र नेपाल पुलिस क्लववीच हुने छ । विराटनगरमा २०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा यो प्रतियोगिता आयोजना गर्न थालिएको थियो। 

महेन्द्र गोल्डकपका नाममा २७औं संस्करणसम्म आयोजना भयो। तर, मुलुकको राजनीतिक परिवर्तनसँगै २०६८ सालबाट नाम परिवर्तन गरेर विराट गोल्डकप बनाइयो। नाम परिवर्तन भएपछि आयोजना हुन लागेको आगामी प्रतियोगिता सातौं संस्करणको हो। 

विराट गोल्डकप ट्रष्टले प्रतियोगिता आयोजना गर्न दुई करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरेको छ। 

प्रकाशित: Mar 22, 2023| 11:58 बुधबार, चैत ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्