बुधबार, जेठ १, २०८२

काठमाडौंमा ट्रकमा स्कुटर ठोक्किँदा युवकको मृत्यु

स्कुटर चालक बागलुङका अन्दाजी  २३ वर्षीय किरण केसीको मृत्यु भएको हो।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

Metro Mart
worldlink

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सिप्रदीमा ट्रकमा स्कुटर  ठोक्किँदा एकजनाको मृत्यु भएको छ। स्कुटर चालक बागलुङका अन्दाजी  २३ वर्षीय किरण केसीको मृत्यु भएको हो।

उनको उपचारका क्रममा महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति करिब १२ बजे सडकछेउमा रोकिराखेको ना७ख ५७१२ नम्बरको ट्रकमा नागढुंगाबाट थानकोटतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१०प ३२१७ नम्बरको स्कुटर ठोक्किएको थियो। दुवै सवारीसाधनसहित ट्रक चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Mar 22, 2023| 10:26 बुधबार, चैत ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्