बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी

वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब लगानी

यो इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो। वर्ल्डलिंकले सन् २०१९ को अक्टोबरमा १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाइसकेको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआइआइ) तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआइएफ आइआइ) बाट १ अर्ब ९८ करोड संयुक्त लगानी पाएको छ।

बीआइआइबाट १ अर्ब ८ करोड नेपाली रुपैयाँ प्राप्त गरेको छ। साथै डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ बराबरको लगानी पाएको कम्पनीले जनाएको छ।

यो इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो। वर्ल्डलिंकले सन् २०१९ को अक्टोबरमा १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाइसकेको छ। यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ। 

वर्ल्डलिंक ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ। 

हाल कम्पनीमा ५ हजार ५ सय कर्मचारी कार्यरत छन्। ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्ने र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत पुग्ने कम्पनीले जानकारी दिएको छ। 

Metro Mart
worldlink

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरु विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको छ। कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भएपनि वर्ल्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको छ।

साथै कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता छ। ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरनेट विस्तारको गतिविधिहरुलाई गति दिनेछ। वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउनेछ। गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई मात्र होइन, अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्नेछ।

वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवाल भन्छन्- ‘ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले देखाएको हृदयपूर्ण सहायताले वर्ल्डलिंकलाई अन्तर्राष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ। यसले अन्य कम्पनीलाई पनि प्रेरित गरेर रोल मोडल बनाउन नेतृत्व गर्नेछ।’

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्रविधि र टेलिकमका प्रबन्ध निर्देशक र प्रमुख अभिनव सिन्हाले वर्ल्डलिंकको विस्तार र हजारौ घरपरिवार र व्यवसायहरुलाई इन्टरनेटमा जोड्दै उनीहरुको पहुँचमा उल्लेखनीय वृद्धि प्रभावबाट प्रभावित भएको बताए। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा दिगो आर्थिक विकासका लागि डिजिटल रुपान्तरण एक प्रमुख कारक भएको र यस क्षेत्रका घर परिवार र व्यवसावहरुलाई समर्थन गर्नेजस्ता लगानीहरु महत्वपूर्ण हुने बताइन्।

डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचर ओबीइले एआइ सेवाहरुमा ५ हजार भन्दा बढी नेपालीका लागि गुणस्तरीय रोजगारी रहेको बताए। ‘तर यी कामहरु मुख्यतया सहरी क्षेत्रहरुमा सीमित छन्, जहाँ ब्रोडब्यान्ड छिटो र अधिक विश्वसनीय छ, वर्ल्डलिंकमा हाम्रो लगानी, हाम्रो साझेदारी ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टसँगसँगै रोजगारीहरुलाई थप क्षेत्रहरुमा पुग्न सक्षम बनाउनेछ,’ उनले भने। 

प्रकाशित: Mar 21, 2023| 13:41 मंगलबार, चैत ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्