बुधबार, जेठ १, २०८२

८ महिनामा साढे ५ लाख बढी सवारीसाधनमाथि कारबाही

काठमाडौं उपत्यका ट्राफिक कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधनमाथि कारबाही गरेको हो।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं– उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने उक्त संख्याका सवारीसाधनमाथि कारबाही गरेको हो।

कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार ४७२ सवारीसाधन कारबाहीमा परेका छन्। यस्तै बढी भाडा लिने २ हजार १९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार ३४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार ५०९, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार ८९६ सवारी कारबाहीमा परेका छन्।

यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने २ हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार ९६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार २५९, लेन अनुशासन उल्लंघन गर्ने १९ हजार ८१७, वान वेमा सवारी चलाउने २१ हजार १२३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार ८९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार २४७ सवारीलाई कारबाही गरेको हो।

पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार ९८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार १४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार ६६५, जथाभावी हर्न बजाउने १२ हजार ६२२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार २६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार ७८२ सवारीसाधन कारबाहीमा परेका छन्।

Metro Mart
worldlink

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए। ‘ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटनाको संख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौं’, उनले भने।

हाल  काठमाडौं उपत्यकाभित्र २० लाख हाराहारी सवारीसाधन आउजाउ हुँदै आएको जनाइएको छ। उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक कार्यालयबाट १ हजार ७ सय ट्राफिक प्रहरी परिचालन हुँदै आएक छन्।

प्रकाशित: Mar 21, 2023| 12:50 मंगलबार, चैत ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्