बिहीबार, जेठ २, २०८२

आज सार्वजनिक बिदा, राहदानी विभाग भने खुल्ने

राहदानी विभागले  आज घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- राहदानी विभागले  आज घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ। 

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मंगलबार बिहान १० देखि दिउँसो साढे २:३०  बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए। 

विभागले बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरिएको छ।

उनका अनुसार आजका  लागि आठ सय जनाले राहदानीका लागि फारम भरेका छन्। 

प्रकाशित: Mar 21, 2023| 07:20 मंगलबार, चैत ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्