मंगलबार, जेठ २१, २०८२

राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- राहदानी विभागले  भोलि (मंगलबार) घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ। सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ। 

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २:३०  बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए। उनले भने, ‘भोलि मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २:३० बजेसम्म हाम्रो सेवा दिनेछौँ।’

यसैगरी, विभागले मङ्गलबार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरिएको छ।

प्रकाशित: Mar 20, 2023| 20:58 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्