बुधबार, जेठ १, २०८२

जंगली हात्तीको आक्रमणमा परि रौतहटमा एक महिलाको ज्यान गयो

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

Metro Mart
worldlink

रौतहट- रौतहटमा जंगली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ। चन्द्रपुर धन्सार सडकखण्डअन्तर्गत जंगलमा घाँस काट्न गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

सोमबार बिहान साढे ९ बजेतिर घाँस काट्न गएकी चन्द्रपुर नगरपालिका-४ बस्ने ४९ वर्षीया मिना मगरलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो। हात्तीको आक्रमणबाट मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

हात्तीको आक्रमणपछि घटनास्थलमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिलकुमार कर्ण, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटालगायत पुगेका थिए।

प्रकाशित: Mar 20, 2023| 20:37 सोमबार, चैत ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्