बिहीबार, जेठ २, २०८२

ई-रिक्सामा लागूऔषधसहित वीरगञ्जबाट एक जना पक्राउ

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

Metro Mart
worldlink

वीरगञ्ज- ई–रिक्सामा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गर्दा ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो।

चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागूऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो।
लागूऔषध बरामद भएपछि ई-रिक्सा चालक वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने २० वर्षीय बलजित यादवलाई पक्राउ गरिएको पर्साका प्रहरीले जानकारी दिएको छ।

यादलाई लागूऔषध मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाइएको गिरीले बताए।

प्रकाशित: Mar 20, 2023| 18:19 सोमबार, चैत ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्