आइतबार, जेठ १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • टाटाको इभी ट्याक्सी किन्नेलाई नबिल बैंकले ८० प्रतिशत ऋण दिने

टाटाको इभी ट्याक्सी किन्नेलाई नबिल बैंकले ८० प्रतिशत ऋण दिने

 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

टाटाको विद्युतीय ट्याक्सी किन्न नबिल बैंकले ८० प्रतिशत ऋण उपलब्ध गराउने भएको छ। टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र नबिल बैंकबीच टाटाको इभी ट्याक्सी एक्सप्रेस-टी किन्ने ग्राहकलाई ऋण उपलब्ध गराउने गरी आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

नबिल बैंकले उक्त ट्याक्सी खरिद गर्न ८० प्रतिशत ऋण उपलब्ध गराउने जनाएको छ। यसैगरी, टाटाको इभी ट्याक्सी ग्राहकहरुले २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर किन्न सक्ने सिप्रदीले जनाएको छ। यो ऋणको समयावधि ७ वर्षसम्मको लागि हुनेछ। यसको ब्याजदर १४.१० प्रतिशत कायम गरिएको छ। यसका लागि पाटनमा रहेको बैंकको शाखाबाट ऋण उपलब्ध हुने नबिल बैंकले जनाएको छ।

एक्सप्रेस-टी टाटा मोटर्सको प्रिमियम फ्लीट इलेक्ट्रिक सेडान हो, जसमा सहज ड्राइभिङ अनुभव र अन्य सविधाहरुको सही संयोजनको लागि उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ। एक्सप्रेस-टी इभी छनोट गर्ने कुनै पनि ट्याक्सी फ्लीट अपरेटरले टाटा मोटर्सबाट खरिदका लागि अब थप सहज र छिटो प्रक्रियामा ऋण पाउने बताइएको छ।

बैंकका अनुसार फ्लीट संचालनबाट हुने आम्दानीलाई पनि मासिक ईएमआई पूरा गर्नका लागि विचार गरी लिइनेछ, जसले गर्दा फ्लीट मालिकहरूलाई आफ्नो बक्यौता तिर्न सजिलो हुन्छ। नेपालमा इभीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले प्रिमियम फ्लीट इभीसँग विभिन्न प्रकारका फाइदाहरू प्रदान गर्दै आएको छ। यस अन्तर्गत अग्रणी सुविधाहरूदेखि लिएर फ्लीट इभीलाई आवश्यक डेडिकेटेड चार्जिङ स्टेसन र सर्भिसिङसम्मका सुविधा उपलब्ध छन्।


 

प्रकाशित: Mar 20, 2023| 16:01 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्