बिहीबार, जेठ २, २०८२

झापामा एक वृद्धाको शव फेला

बेपत्ता भएको ५ दिनपछि एक ८३ वर्षीया वृद्धाका शव रतुवा माई वृक्षारोपण आयोजनको जङ्गल क्षेत्रमा फेला परेको छ। 
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

दमक- बेपत्ता भएको ५ दिनपछि एक ८३ वर्षीया वृद्धाका शव रतुवा माई वृक्षारोपण आयोजनको जङ्गल क्षेत्रमा फेला परेको छ। 

दमक ८ स्थित घरबाट गत चैत १ गतेदेखि हराउनु भएकी एक जना ८३ वर्षीया वृद्धा गोमादेवी पौडेलको शव चुलाचुली मोडस्थित रतुवामाई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा आइतबार साँझ फेला परेको प्रहरीले जनाएको छ। 

शव सडन लागेको अवस्थामा रुखमा पासो लागेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। प्रहरीले विभिन्न ठाउँको सि सी क्यामेराको फुटेजको आधारमा वृद्धालाई खोज्दै आएको थियो।

पौडेल पति गोरख पौडेल र साइँलो छोराबुहारीसहित दमक ८ स्थित आफ्नै घरमा बस्दै आएका थिए। चैत १ गते दिउँसो घरका कसैलाई केही नभनी उनी निस्किएकी र आफूहरूले निरन्तर खोजी गरेको परिवारका सदस्यहरूले जनाएका छन्।

प्रकाशित: Mar 20, 2023| 09:38 सोमबार, चैत ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्