बिहीबार, जेठ २, २०८२

प्रहरीमाथि दुर्व्यवहार गर्दा चालक पक्राउ

प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन्। 
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

नुवाकोट- प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना चालक पक्राउ परेका छन्। 

वीरगन्ज–गल्छी–देवीघाट–विदुर सडकमार्ग अन्तर्गत बिदुर नगरपालिका-४ बट्टारबजारमा प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा तनहुँको ब्यास नगरपालिका-१ का २९ वर्षीय बलबहादुर नेपाली पक्राउ परेका हुन्। 

नारायणगढबाट यात्रु बोकेर देवीघाट हुँदै  त्रिशूलीतर्फ जाँदै गरेको बा४ख ८९१९ नम्बरको बस रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चालकले दुर्व्यवहार गरेको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भई रहेको उनले बताए। 

उनका अनुसार चालक नेपालीले मादक पदार्थ सेवन गरेको पाइएको छ। 

Metro Mart
worldlink

प्रकाशित: Mar 20, 2023| 08:20 सोमबार, चैत ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्