बिहीबार, जेठ २, २०८२

बाजुराको बुढीनन्दामा कर्फ्यु

स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दा नगरपालिका–१ र २ मा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- स्ववियु चुनावको क्रममा झडप भएपछि बाजुराको बुढीनन्दा नगरपालिका–१ र २ मा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ।

सत्तारुढ गठबन्धन निकट विद्यार्थी सङ्गठन र एमाले निकट अनेरास्ववियुका विद्यार्थीबीच बुढीनन्दा क्याम्पसको स्ववियु चुनावको मतदानका क्रममा झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हिजो बेलुकी ७ बजेदेखि अहिले बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको हो।

झडपपछि बुढीनन्दाको कोल्टीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। झडप साम्य पार्न प्रहरीले हिजो दिउँसो २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो। झडप भएपछि स्ववियु चुनावको मतदान स्थगित गरिएको छ।

336787279_902917107590651_3397786636169016591_n_JecWmYnUuj1679273871.jpg

प्रकाशित: Mar 20, 2023| 06:42 सोमबार, चैत ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्