बिहीबार, वैशाख १८, २०८२

हाइलाइफले ल्यायो हात खाली नजाने अफर

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- हाइलाइफले चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूका लागि बाइक, स्कुटर, ल्यापटदेखि विभिन्न किसिमका उपहारहरू ल्याएको छ।

हाइलाइफ ब्रान्डका विभिन्न परिमाणको चिउरा खरिद गर्दा यीसहित हात खाली नजाने गरी विभिन्न किसिमका उपहार लक्की ‘ड्र’मार्फत वितरण गर्ने कम्पनीले जनाएको छ।

हाइलाइफका चिउरा बिक्री गर्दा प्रथम उपहारस्वरूप दुईजनाले १५० सीसी क्षमता भएका पल्सर बाइक जित्न सक्नेछन्। दोस्रो उपहारस्वरूप दुईजनाले होन्डा स्कुटर जित्न सक्नेछन्। तेस्रो उपहारस्वरूप दुईजनाले एक टन क्षमता भएको एलजीको एसी जित्न सक्नेछन्।

चौथो पुरस्कारस्वरूप दुईजनाले २५३ लिटरको सामसङ ब्रान्डको फ्रिज र पाँचौँ उपहारस्वरूप तीनजनाले लेनेभो ब्रान्डको ल्यापटप प्राप्त गर्नेछन्। यस्तै, सान्त्वना उपहारस्वरूप १० जनाले अरू थुप्रै हाइलाइफको सामानहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत हाइलाइफ कुरुमकुरुम चिउराको प्रत्येक एक केजीको कार्टुनको खरिदमा तीन लक्की ‘ड्र’ कुपन पाउनेछन्। ७०० ग्रामको कार्टुन खरिदमा दुई लक्की ‘ड्र’ कुपन र ४५० ग्रामको कार्टुन खरिदमा एउटा लक्की ‘ड्र’ कुपन प्राप्त गर्नेछन्। हात खाली नजाने गरी यसरी जम्मा भएका २५ कुपनबराबर ग्राहकले नगद ५०० रुपैयाँ प्राप्त गर्न सक्नेछन्। यो योजना गएको फागुन १५ गतेदेखि आउँदो असार १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

Metro Mart
worldlink

योजनामा भाग लिनका लागि कुपनमा दिएको विवरण भरी उक्त कुपनको फोटो सोही अवधिभित्र हाइलाइफको आधिकारिक भाइबर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउनुका साथै सक्कल कुपन सुरक्षित राख्नुपर्नेछ। लक्की ‘ड्र’को नतिजा आउँदो साउन २० गते हाइलाइफ फुड्सको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

हाइलाइफ ब्रान्डअन्तर्गत उत्पादित कर्नफ्लेक्स, चिउरा, ओट्स, जाम, सोयाबिन, बेसन, केचप, पास्ता, पापडलगायत विभिन्न प्रोडक्ट उपभोक्तामाझ लोकप्रिय छन्। हाइलाइफ चिजबल्स तथा विभिन्न स्वादमा बेक्ड इस्न्याक्सहरू पनि चाँडै बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ।
 

प्रकाशित: Mar 19, 2023| 19:43 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्