बिहीबार, जेठ २, २०८२

तनहुँको सहिदकृष्ण क्याम्पसमा नेविसंघको प्यानल विजयी

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

Metro Mart
worldlink

तनहुँ- जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ स्थित सहिदकृष्ण क्याम्पसमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ। 

निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो। सभापतिमा विष्णुबहादुर अधिकारीले २७ मत र प्रतिस्पर्धी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गरे। सचिवमा नेविसंघकै शालिग्राम पोख्रेलले २७ मत र उनका प्रतिस्पर्धी अनेरास्ववियुका ओमबहादुर महतले १० मत प्राप्त गरे।

सदस्यहरूमा विना विक ३०, थमनबहादुर भुजेल ३०, दिपिका काफ्ले ३१ र प्रमिला पौडेल ३१ मत प्राप्त गरी विजयी भएका छन्। कोषाध्यक्षमा भने अखिल (क्रान्तिकारी)की सुष्मा माकिम यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन्।

प्रकाशित: Mar 19, 2023| 18:54 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्