बिहीबार, जेठ २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

धनगढी- धनगढीमा चैत्र दोस्रो साता हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने छ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने जानकारी दिएका छन्।

समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने छ। अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुनेछन्।

सम्मेलन आयोजनाका लागि मुल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमितिहरू गठन भएका छन्। सम्मेलनको तयारी तीब्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताए। सम्मेलनमा सञ्चालन गरिने अन्तरसंवाद सत्रहरूको टुङ्गो लगाउने काम भइरहेको बताए।

Metro Mart
worldlink

यस्तै कार्यक्रम मूल आयोजक समितिका संयोजक बरिष्ठ लोक गायक यज्ञराज उपाध्ययले धनगढीलाई बौद्धिक बहसको नगरिका रूपमा स्थापित गर्न यो कार्यक्रमको आयोजना गरिने बताए। 'यसले उहाँको भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न सहयोग पुर्‍याउने हाम्रो विश्वास छ। हामीले हाम्रा अतिथिहरूलाई यहाँका विशेष पहिचान बोकेका झाकि र कला, संस्कृति देखाउने छौं। यसले हाम्रो संस्कृतिलाई विश्वभर छरिएर रहेका नेपाली भाषि साहित्यकारहरूले बुझ्ने अवसर पाउनु हुनेछ,' उनले भने।

उनले प्यानल डिस्कर्षनमा कला, संस्कृति, राजनीतिक परिवेसलगायत थुप्रै विषयमा प्यानल डिस्कसन पनि हुने बताएका छन्।

सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ।

प्रकाशित: Mar 19, 2023| 22:41 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्