बिहीबार, जेठ २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंको शिवशक्ति मन्दिरको मूर्ति चोरेको अभियोगमा एक जना पक्राउ  

काठमाडौंको शिवशक्ति मन्दिरको मूर्ति चोरेको अभियोगमा एक जना पक्राउ  

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट मुर्ति चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट मुर्ति चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ति चोरी गरेको अभियोगमा ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

गत माघ १६ गते उक्त मूर्ति चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ति एक थान,  विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ति २४ थान, धातुको मूर्ति २९ थान र धातुको त्रिशुल एक थान फेला पारी उनलाई पक्राउ गरेको हो।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 19, 2023| 13:40 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्