दार्चुला- साइकल भीरबाट खस्दा दार्चुलामा दुई विद्यार्थी घाइते भएका छन्। शनिबार महाकाली नगरपालिका–९ सकारको भीरमा साइकल खस्दा दुई विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ।
नौगाड गाउँपालिका–६ का १८ वर्षीय बिरेन्द्र ठगुन्ना र महाकाली नगरपालिका–६ का १७ वर्षीय भाष्कर भाट घाइते भएका हुन्। बिरेन्द्र ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा उपचारपछि घर पठाइएको छ भने भाष्कर भाटलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ।
दुबै जना एकै साइकलमा सवार रहेको र साइकल सडकबाट करिब ४० मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ। उनी मालिकार्जुन नमूना माध्यामिक विद्यालय धापमा अध्ययनरत थिए।