बिहीबार, जेठ २, २०८२

शिक्षासेवी विश्वम्भर झाको निधन

कैलालीमा अध्यापन पेसामा संलग्न रहेर शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्‍याएका शिक्षक विश्वम्भर झाको निधन भएको छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

धनगढी- कैलालीमा अध्यापन पेसामा संलग्न रहेर शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्‍याएका शिक्षक विश्वम्भर झाको निधन भएको छ।

नेपाल शिक्षक संघमा आवद्ध रहेर शिक्षा क्षेत्रको सुधार र शिक्षकका हकहितका लागि शैक्षिक आन्दोलनसमेत सक्रिय भूमिका खेलेका झा पछिल्लो समय अवश्वस्थ रहेका थिए।

झाले श्री धनगढी नमूना प्राविधिक माध्यमिक विद्यालय धनगढी, श्री जनकल्याण माध्यमिक विद्यालय पवेरा, श्री शारदा माध्यमिक विद्यालय बैयाबेहडी धनगढी र श्री भवानी माध्यमिक विद्यालय गौरीपुर धनगढीमा प्रधानापकको भूमिकामा रहेर जिम्मेवारी निर्वाह गरेका थिए। उनको शनिबार राति धनगढीस्थित घरमै निधन भएको धनगढी उच्च माविका शिक्षक गणेश नेपालीले बताए।

'झाको निधनले धनगढीको शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको छ। उहाँले कैलालीको शिक्षा क्षेत्रको विकासका लागि ठूलो भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको योगदान अतुलनीय छ', नेपाली भन्छन्।

प्रकाशित: Mar 19, 2023| 13:08 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्