बिहीबार, जेठ २, २०८२

छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

Metro Mart
worldlink

काठमाडौं- देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको छ। तेह्रथुमको छथर गाउँपालिका-५ ओख्रे बस्ने २१ वर्षीय भोजन लिम्बु सोही ठाउँस्थित टुडे खोलाको छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-३ खास्ताप बस्ने ३५ वर्षीय अमृत राई सोही ठाउँस्थित चेम्सी खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन। 

उता सर्लाहीको गोडैता नगरपालिका-७ स्थित खेतको आलीमा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय उपेन्द्र पासवान शनिबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 19, 2023| 12:45 आइतबार, चैत ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्