बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रपतिलाई भेटेर के सुझाव दियो उद्योग परिसंघ टोलीले?

राष्ट्रपतिलाई भेटेर के सुझाव दियो उद्योग परिसंघ टोलीले?

परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताएका छन्।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्दै नेपाल उद्योग परिसंघले अर्थतन्त्र सुधार गर्न सुझाव दिएको छ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले शुक्रबार राष्ट्रपतिलाई भेटेर निजी क्षेत्रको तर्फबाट बधाई तथा शुभकामना दिँदै मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा सुझाव दिएको हो।

अग्रवालले समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितीबाट गुज्रिरहेको भन्दै अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने, ब्याजदर घट्नुपर्ने बताएका छन्। उनले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनिमी’ अवधारणा राष्ट्रपति समक्ष पेस गरेका छन्।

परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै राष्ट्रपति पौडेलले परिसंघको सुझाव सरकारलाई दिने र ध्यानाकर्षण गराउने बताएका छन्।

राष्ट्रपति पौडेललाई परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरु शिवरतन शारडा, बालकृष्ण श्रेष्ठ, परिसंघका महानिर्देशक दिपकराज जोशीले बधाई तथा शुभकामना दिएका छन्।
 

Metro Mart
worldlink

प्रकाशित: Mar 18, 2023| 15:08 शनिबार, चैत ४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्