आइतबार, जेठ १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सुर्खेत उडानमा रहेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

सुर्खेत उडानमा रहेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

प्राधिकरणले सुर्खेत उडानका क्रममा विमानको इन्डिकेटरले समस्या देखाएपछि काठमाडौं फर्काएर अवतरण गरिएको बताएको हो।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– शनिबार बिहान काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं फर्काइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सुर्खेत उडानका क्रममा विमानको इन्डिकेटरले समस्या देखाएपछि काठमाडौं फर्काएर अवतरण गरिएको बताएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार घटनापछि जहाज ग्राउन्डेड गरिएको छ। अब प्राधिकरणको प्राविधिक टोलीको जाँच गरेपछि मात्र जहाजलाई उडाउन अनुमति दिइनेछ।

प्रकाशित: Mar 18, 2023| 11:16 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्