बिहीबार, जेठ २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गोदावरी राष्ट्रिय वनस्पति उद्यान : टिकट बिक्रीबाट मात्रै एक करोड ७९ लाख आम्दानी

गोदावरी राष्ट्रिय वनस्पति उद्यान : टिकट बिक्रीबाट मात्रै एक करोड ७९ लाख आम्दानी

 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढेको छ। कोरोना महामारीका कारण लगातार दुई वर्ष आम्दानी घटे पनि यो वर्ष भने आम्दानी बढेको हो।

उद्यानका सूचना अधिकारी गौरव परमारले यो वर्ष यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै आम्दानी पनि बढेको बताए। उनका अनुसार यो वर्ष वैशाखदेखि फागुनसम्म टिकट बिक्रीबाट मात्रै एक करोड ७९ लाख ९१ हजार पाँच सय ४० रूपैयाँ आम्दानी भएको छ।

‘कोरोना महामारीको समयमा २०७७ र २०७८ सालमा जम्मा रू ७८ लाख ३६ हजार ७५८ आम्दानी भएको थियो,’ उनले भने, ‘यस वर्षभने राम्रो आम्दानी भएको छ।’

उद्याम घुम्नका लागि ११ महिनामा तीन लाख २८ हजार नौ सय ६० जना आन्तरिक पर्यटक र एक हजार आठ सय २१ जना विदेशी पर्यटक यहाँ आएको उनले जानकारी दिए। उद्यानमा प्रत्येक वर्ष औसतमा चार लाखभन्दा बढी विद्यार्थी उद्यान भ्रमणका लागि आउने गरेको उनको भनाइ छ।

विसं. २०१९ कात्तिक १२ मा राजा महेन्द्रले उद्घाटन गरेको शाही वनस्पति उद्यानको नाम परिवर्तन गरी विसं २०६३ असार १९ मा राष्ट्रिय वनस्पति उद्यान बनाइएको थियो।

Metro Mart
worldlink

उद्यान भ्रमणमा आउनेहरुको सुविधाका लागि खाजा घर, विद्युतीय सवारीबाट अवलोकनको व्यवस्था गरिएको छ। साथै आन्तुकले यहाँ विभिन्न प्रजातिका विरुवा खरिद गर्न पनि सक्छन्। उद्यानमा सामान्यतया विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउने गरेका छन् भने वनस्पति अनुसन्धानकर्ताका लागि पनि यो गन्तव्य बन्दै आएको छ।

प्रकाशित: Mar 17, 2023| 20:17 शुक्रबार, चैत ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्