शुक्रबार, जेठ ३, २०८२

चुरेबस्तीमा खानेपानी अभाव

 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

दोधारा चाँदनी- कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन्।

यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताएका छन्। ‘यहाँका खानेपानीको ट्याङ्की बन्न लागेको चार÷पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन’, उनले भने, ‘खानेपानी नहुँदा गाईवस्तु पाल्नसमेत मुस्किल परेको छ।’ उनले मुक्तकमैया शिविरमा झन् समस्या परेको बताए।

खोलाबाट आएको दुई-तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनि बताउछन्। ‘जेठ÷असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ’, उनले भने, ‘पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ।’ पानी भर्नका लागि यहाँका साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताए। ‘पानीको अभावले खेतबारी सबै बाँझो छ गाईवस्तु पाल्न सकेका छैनौँ’, उनले भने, ‘खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता।’ उनले यहाँ मुक्तकमैया पुर्नस्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताए।

पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताए। ‘हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भए पनि उब्जनी गर्ने थियौँ।’ उनले भने, ‘नजिकै खानेपानीको ट्याङ्की बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ।’ बेदकोट नगरपालिका–२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नायँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताएका छन्।

‘यहाँ बहुवर्षीया खानेपानी आयोजना भएकाले जति बजेट आयो त्यति मात्रै काम हुन्छ’, अध्यक्ष सिंहले भने, ‘बजेटअनुसार उपभोक्ता समितिले काम गर्ने भएकाले केही समय लागेको हो।’ उनले सङ्घीय सरकारको बहुवर्षे खानेपानी आयोजनाअन्तर्गत यहाँ १० करोड लागतमा खानेपानी योजना सम्पन्न हुन लागेको बताए। ‘अहिले पाइप बिछ्याउने काम अन्तिम चरणमा छ, नयाँ वर्षदेखि उपभोक्ताले खानेपानी पाउँछन्’, उनि भन्छन्, ‘यो योजना बनेपछि यहाँ रहेको खानेपानीको समस्या समाधान हुन्छ।’

Metro Mart
worldlink

प्रकाशित: Mar 17, 2023| 19:31 शुक्रबार, चैत ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्