शुक्रबार, जेठ ३, २०८२

काठमाडौंमै भेटियो नक्कली नोट, दुई जना पक्राउ

काठमाडौंको कालोपुलबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

काठमाडौं- काठमाडौंको कालोपुलबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको हो।

पक्राउ पर्नेमा रामेछाप खाँडा देवी गाउँपालिका-८ घर भई हाल काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका-७ घर भई हाल काठमाडौं सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका छन्।

काठमाडौं कालोपुल क्षेत्रमा व्यक्तिहरूले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साइजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरूलाई कालोपुलबाट पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Mar 17, 2023| 11:44 शुक्रबार, चैत ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्