धनगढी- धनगढीमा हावाहुरीसहित वर्षा भइरहेको छ। शुक्रबार बिहानदेखि हल्का हावाहुरी चलेको यहाँ अहिले वर्षा सुरु भएको हो।
हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ।
शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराईका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।