शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिकी डलर र बंगलादेशी टाकासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

अमेरिकी डलर र बंगलादेशी टाकासहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा चिनियाँ नागरिक ५२ वर्षीय चाई हुनान रहेका छन्। उनलाई बिहीबार दिउँसो प्रक्राउ गरिएको हो।

बंगलादेश एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश जान लागेका उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डस् ब्यागेज एरियामा एक्स रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला पारी पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।

प्रकाशित: Mar 16, 2023| 18:39 बिहीबार, चैत २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्